मदन भण्डारी फाउण्डेसनलाई दिइएको आर्थिक सहायता रकम फिर्ता
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई दिएको ५० लाख रुपैयाँको आर्थिक सहायता रकम फिर्ता भएको बताएका छन् । सोमबार बसेको बागमती प्रदेशसभाको ८ औं अधिवेशनको दोस्रो बैठकमा सरकारका तर्फबाट जवाफ प्रस्तुत गर्दै मुख्यमन्त्री पौडेलले विगतदेखि नै प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलहरुले उठाउँदै आएका विषयलाई सम्बोधन गर्ने र प्रदेश सरकारले तत्काल फाउण्डेसनलाई दिएको सो अनुदान फिर्ता लिएको बताएका हुन् ।
त्यस्तै मुख्यमन्त्री पौडेलले जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले ल्याएको नीति कार्यक्रम परिणाममुखी भएको दावी गर्दै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्न सरकारले चार्जिङ्ग स्टेसनको भौतिक निर्माणका लागि बोलपत्र आह्वान भइसकेको र केही दिनभित्रै प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि सम्झौता गर्ने बताए ।
प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारका लागि तत्काल प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिएको र सो कार्यका लागि सरकारले हालसम्म रु ३१ करोड रकम खर्च गरेको उनको भनाई छ । सरकारले आगामी आव २०७८/०७९ का लागि ल्याइने बजेट, नीति कार्यक्रममा कोरोना संक्रमण नियन्त्रण एवम् भौतिक पूर्वाधारको विकास र रोजगारीको सृजनालाई उच्च प्राथमिकताको साथ कार्यान्वयन गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण