अस्पतालहरुले चर्को शुल्क असुल्न थालेको जनगुनासोपछि सरकार ‘एक्सन’मा
काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारको नाममा केही स्वास्थ्य संस्थाले अनावश्यक रुपमा अत्यधिक शुल्क असुल्ने गरेको जनगुनासो पछि सरकारले अस्पतालहरुलाई कडाई गर्न थालेको छ ।
सरकारले कोभिड संक्रमितको उपचार गर्दै आएका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई सात दिनभित्र सम्बन्धित अस्पतालबाट प्रवाह हुने सेवाको प्रकार, सोको लागत रकम, शीर्षकसमेत उल्लेख भएको मूल्यसूची र सञ्चालक समितिको आधिकारिक निर्णय आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ ।
अस्पतालहरुले अक्सिजनको शुल्क लिने, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक भार बढाउने, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैलाई लगाउने, आवश्यकता भन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाउने गरेको गुनासो आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार ‘हेलो सरकार’ तथा विभिन्न सञ्चारमाध्यममा सर्वसाधारणले अस्पतालहरुमा चर्को शुल्क असुल गर्न थालिएको गुनासो गरेपछि सरकारले यस्तो कदम चालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण