दुईथरी सेयर लगानीकर्तालाई दुईथरी पुँजीगत लाभकर, कसलाई कति ?
सरकारले सेयर बजारका लगानीकर्तालाई अल्पकालिन र दीर्घकालिन गरी पुँजीगत लाभकर निर्धारण गरेको छ । आगामी बजेटले गरेको व्यवस्था अनुसार अब अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ भने दीर्घकालिन लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्नेछ ।
१ वर्षभन्दा कम अवधिको लगानी गर्नेलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्नेहरुलाई दीर्घकालीन लगानीकर्ताको रुपमा परिभाषित गरिएको छ । अहिलेसम्म सबै व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत लाभकर तिर्दै आएका छन ।
सरकारले अल्पकालिन र दीर्घकालिन भनेर छुट्याउनु राम्रो भएपनि अल्पकालिन लगानीकर्ताका लागि पुँजीगत लाभकर बढी भएको लगानीकर्ताले गुनासो गरेका छन् । लगानीकर्ता अम्बिका पौडेलले अल्पकालिन लगानीकर्ताका लागि ५० प्रतिशत लाभकर बढ्नु सन्तोषजनक नभएको बताए ।
तर यता धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले भने यही अल्पकालिन र दीर्घकालिनको व्यवस्था गराउन सरकारसमक्ष सिफारिस गरेको थियो । बजेटको यो व्यवस्था आफुहरुले कार्यान्वयनमा लैजाने बोर्डले जनाएको छ ।
सरकारले हालसम्म लगानीकर्ताबाट १५ अर्ब ५८ करोड रुपैयाँ पुँजीगत लाभकर उठाएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । यो बर्ष मात्रै सरकारले १० अर्ब बढी पुँजीगत लाभकर उठाएको छ । समग्र सेयर बजार अर्थात कारोबार र मूल्य बढेको अवस्थामा लगानीकर्ताले मुनाफा आर्जन गर्ने र सरकारको पनि पुँजीगत लाभकर बढ्ने अवस्था आउँछ ।
आर्थिक वर्ष २०७८/०७९ मा सरकारले पुँजीगत लाभकरबाट ३२ अर्ब रुपैयाँभन्दा बढी कर उठाउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण