शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा ललितपुरबाट युवक पक्राउ

बुधबार, १९ जेठ २०७८, १२ : ४८
बुधबार, १९ जेठ २०७८

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–३ बाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका २० वर्षीय राम आशिष सदा छन् ।

गोदावरी नगरपालिका–३ स्थित मोतिचौरको निर्माणाधिन होटलमा लगेर राम आशिषले ५ वर्षीया बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपी गोदावरीमा बस्दै आएका थिए । आइतबार साँझ उनले बालिका बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप