बालिका बलात्कार गरेको आरोपमा ललितपुरबाट युवक पक्राउ
बुधबार, १९ जेठ २०७८, १२ : ४८
काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–३ बाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका २० वर्षीय राम आशिष सदा छन् ।
गोदावरी नगरपालिका–३ स्थित मोतिचौरको निर्माणाधिन होटलमा लगेर राम आशिषले ५ वर्षीया बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपी गोदावरीमा बस्दै आएका थिए । आइतबार साँझ उनले बालिका बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण