कोरोना जित्दै कर्णाली : एकैदिन ६१० जना संक्रमण मुक्त, थप ३ जनाको मृत्यु
बुधबार, १९ जेठ २०७८, २० : ४९
सुर्खेत । कर्णालीमा विगत केही समयदेखि निरन्तर डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । हिजो १८ गते ४४९ जनाले कोरोना जितेकोमा आज एकैदिन थप ६१० जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्यामा समेत कमी आएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
आज ३५९ जनामा गरिएको आरटी पीसिआर विधिबाट गरिएको परीक्षणबाट १५१ जना र ६५७ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १९० जनामा कोरोना भाइरस पुष्टि भएको छ । आज ४४० जना थप आइसोलेशनमा थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ४ हजार ९२९ जना रहेका छन् । यस्तै आज थप तीन जनाको मृत्यु भएको छ । हिमाली जिल्ला मुगुमा एक र सुर्खेतमा २ जना गरी ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण