कुकुर बचाउन भालुसँग भिडिन् १७ वर्षे किशोरी
१७ वर्षकी एक किशोरीले भालुलाई धकेल्दै गरेको भिडियो अहिले भाइरल भइरहेको छ । अमेरिकाको क्यालिफोर्नियाकी यी किशोरीको नाम हेली मोरिसियो हो । उनले आफ्ना कुकुरलाई जोगाउन भालुलाई पर्खालबाट धकेलेकी हुन् ।
भिडियो फुटेजमा देखाएअनुसार पर्खालमा दिउँसो २ बजेर ३० मिनेट जाँदा एउटा भालु आफ्ना दुई डमरुसँगै हिँडिरहेको छ । त्यसपछि किशोरीले पालेका तीनवटा कुकुरहरू भुक्न थाल्छन् ।
यही समय केही पर किशोरीका आमा–बाबु बगैँचामा काम गरिरहेका थिए ।
कुकुर भुकेको सुन्ना साथ जंगली भालु लखेट्नका लागि यी किशोरी अघि सरेकी छिन् । ‘म उनीहरु किन भुकिरहेका छन् भन्ने हेर्नका लागि आएको थिएँ र त्यहाँ एउटा जंगली भालुले मेरो कुकुर भ्यालेन्टिनालाई समात्न थालेको थियो । त्यो बच्चा कुकुर हो, त्यसकारण म उसलाई जोगाउन अघि सरें,’ हेलीले भनिन्, ‘र मैले भालुलाई पर्खालबाट धकेल्नु पर्छ भन्ने ठाने ।’ हेलीले धकेलेपछि भालु पर्खालबाट लडेको भिडियोमा देखिन्छ । त्यसपछि कुकुरलाई च्यापेर हेली भागिन्, आत्तिएको भालु पनि फर्किएर आएन ।
हेलीकी आमा सिटलाली मोरिनिसोले फेसबुकमा भिडियो पोस्ट गर्दै ‘यसलाई आफ्नो जीवनकै डरलाग्दो क्षण’ भनिन् ।
क्यालिफोर्नियाको सान ग्राबियल उपत्यकास्थित ब्राडबरीमा यो परिवार गत फेब्रुअरीदेखि बस्दै आएको छ । भालु वा अन्य जंगली जनावर यसअघि पनि आफुहरुले यस क्षेत्रमा देख्दै आएको उनीहरुले बताएका छन् । आमा सिटाली मोरिनिसोका अनुसार छरछिमेकमा सातामा दुई वा तीनपटक भालु देखिने गरिएको छ ।
तर, यति नजिकबाट यो परिवारले जंगली भालुको सामना गरेको यो पहिलो अवसर हो । आफुले गरेजस्तो काम नगर्न हेलीले अरुलाई अनुरोध गरेकी छिन् । ‘भालुलाई नधकेल्नुस् । मैले जस्तो नगर्नुस्, तपाईलाई फरक नतिजा आउनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण