भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ
भारतमा बुधबार दिउँसो एक घरमा छापामारीको क्रममा प्रहरीले सेक्स -याकेटको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई पक्राउ गरेको छ । सोधपुछ गर्दा उनीहरुले लकडाउनका काम नपाएका कारण वेश्यावृत्तिको काम सुरु गरेको प्रहरीलाई बताए ।
स्रोतका अनुसार पक्राउ परेका दुई अभिनेत्रीले लकडाउनका कारण काम नपाएका कारण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएका हुन् ।
जानकारीमा दिइए अनुसार दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो सेक्स र्याकेट एजेन्टको सम्पर्कमा थिए । तर वेश्यावृत्तिका लागि उनीहरुले ठाणे शहरलाई छाने किनभने त्यहाँ प्रहरीको खासै डर थिएन । तरपनि उनीहरुलाई प्रहरीले पक्राउ गर्यो । दलालले ग्राहकसँग एक रातको लाखौं रकम असुल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ ।
छापामारीको क्रममा प्रहरीले दुई अभिनेत्रीसमेत दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यसलाई हाई प्रोफाइल सेक्स र्याकेट बताएको छ र यसबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएको छ । पक्राउ परेका मानिसहरुसँग सोधपुछ गरिँदैछ र यससँग सम्बन्धित थप मानिसहरुमाझ प्रहरी अब पुग्ने प्रयास गरिरहेको छ ।
पक्राउ परेपछि यी दुई अभिनेत्रीले प्रहरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका कारण पैसा पनि नभएको र कसैले केही मद्दत पनि नगरेका कारण बाध्यतामा यस्तो पेशा गर्नुपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण