गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।
उनकाअनुसार कास्कीमा ७, स्याङजा २ नवलपरासी पूर्व २, बागलुङ ३, मनाङ १ र गोरखामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गण्डकी प्रदेशमा पहिलोपटक मनाङमा कोरोना संक्रमितको मृत्यु भएको हो । यसअघि मनाङ बाहेक प्रदेशका १० वटा जिल्लामा संक्रमितको मृत्यु भइसकेको छ ।
पोखरा–२९ की ३० वर्षीय महिला, पोखरा–१ का ३२ वर्षीय पुरुष, पोखरा–१७ का ७२ वर्षीय पुरुष, पोखरा–१४ की ९८ वर्षीय महिला, पोखरा–३३ का ५७ वर्षीय पुरुष, पोखरा–१३ का ६७ वर्षीय पुरुष, दाङको लमही –५ का ३८ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
त्यसैगरी बागलुङको बागलुङ नगरपालिका–३ का ७१ वर्षीय पुरुष, गलकोट–९ की ३० वर्षीय महिला, गलकोट–१ की ५६ वर्षीय महिला, स्याङजा हरिनाश–४ का ७१ वर्षीय पुरुष, बिरुवा–८ की ७६ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै गोरखा बारपाक सुलिकोट–२ की २६ वर्षीय महिला, नवलपरासी पूर्व मध्यविन्दु–१ का ५३ वर्षीय पुरुष, मध्यविन्दु–१० का ४७ वर्षीय पुरुष, मनाङ जिल्लाको निस्याङ–५ की ५६ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण