गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दै, थप १० जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको हो । विगत केही दिनदेखि गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या क्रमश घट्ना थालेको छ ।
प्रदेशमा हालसम्म एकैदिन सबैभन्दा धेरै ३० जनासम्म संक्रमितको मृत्यु भएको थियो । बिहिबार मात्र गण्डकीका ६ जिल्लामा १६ जनाको मृत्यु भएको थियो । तर, शुक्रबार भने प्रदेशमा मृतकको संख्या १० रहेको छ ।
गण्डकी प्रदेशमा विभिन्न जिल्लामा शुक्रबार १० जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ४ ,नवलपरासी पूर्व १,बागलुङ १ तनहुँ २ र गोरखामा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पोखरा–१३ की ६७ वर्षीय महिला, पोखरा–१७ का ४८ वर्षीय पुरुष, पोखरा–५ की ६८ वर्षीय महिला, पोखरा–२५ का ५४ वर्षीय पुरुष, म्याग्दी रघुगंगा–२ की ५८ वर्षीय महिला, रघुगंगा–३ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
त्यसैगरी बागलुङ गलकोट–३ की ७० वर्षीय महिला, तनहुँ भिमाद–५ का ४३ वर्षीय पुरुष, शुक्लागण्डकी –४ का ४२ वर्षीय पुरुष र नवलपरासी पूर्व कावासोती –८ का ८० वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण