गण्डकीमा एकैदिन ९४६ जनाले जिते कोरोना
गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ५५४ जनाको नमुना परीक्षण गरिएकोमा थप ६८० जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३२२ जना महिला र ३५८ जना पुरुषको कारोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा १५५, म्याग्दी २०, स्याङ्जा ४९, बाग्लुङ ११८, पर्वत ४८, तनहुँ ४९, गोरखा ७५, लमजुङ ४४ र नवलपुर १२२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ४२१ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ९४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३५ हजार २५० पुगेको छ । गण्डकीमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३३ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण