प्रदेश १ मा कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा दोस्रो चरणको कोरोना संक्रमणबाट प्रदेश १ मा ५४६ जना मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का विभिन्न अस्पताल र संस्थागत एवम् होम आइसोलेशनमा उनीहरुको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयकाअनुसार ५ महिला र १७ पुरुषको यो बीचमा मृत्यु भएको हो । सबैभन्दा बढी मोरङका ७ झापाका ६, सुनसरीका ४ र इलाम र भोजपुरका १–१ जना तथा प्रदेश १ बाहिरका ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याँक रहेको छ ।
विराटनगरको नोवेल शिक्षण अस्पतालमा सबैभन्दा बढी ७ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै विराटनगरको न्यूरो कोभिड अस्पताल र धरानको वीपी विज्ञान प्रतिष्ठानमा ३–३ जना, कोशी कोभिड उपचार केन्द्रमा २ जना, झापाको मेची कोभिड अस्पतालमा १ जना, अन्य आइसोलेसनमा ५ जना र होम आइसोलेसनमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज प्रदेशमा १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सबैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आज ५०७ जना कोरोना संक्रमित थपिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण