भारतमा लगातार चौथो दिन एक लाखभन्दा कम संक्रमित भेटिए
भारतमा कोरोना संक्रमितको आँकडामा कमीको सिलसिला जारी छ । बिहिबार भारतमा ९१,२११ जनामा कोरोना संक्रमण देखिएको छ । १ लाख ३३ हजार ५९८ संक्रमित निको भए र ३,४०१ को मृत्यु भयो । यो लगातार चौथो दिन हो जब नयाँ संक्रमितको संख्या एक लाखभन्दा कम भेटिएको छ ।
अघिल्लो दिन ४५,५४२ सक्रिय संक्रमितको संख्यामा पनि कमी देखियो । यसमा गिरावटको सिलसिला करिब एक महिनादेखि जारी छ । अघिल्लो पटक १२ मे मा यसमा ६,३९९ को वृद्धि देखिएको थियो । हाल भारतमा ११ लाख १९ हजार ९२८ बिरामीको उपचार चलिरहेको छ । ९ मे मा यो आँकडा ३७ लाख ४१ हजार ३०२ को पीकमा थियो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका कूल संक्रमितः ९१, २११
पछिल्लो २४ घण्टामा कूल निको भएकाः १.३३ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,४०१
हालसम्म कूल संक्रमित भइसकेकाः २.९१ करोड
हालसम्म निको भएकाः २.७६ करोड
हालसम्म कूल मृत्युः ३.५९ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ११.६५ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण