अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी
अमेरिकामा कोरोनाबाट औसतमा सङ्क्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्यु दर २२ प्रतिशतले घटेको छ ।
अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३४ लाख ३० हजार ३४२ रहेको छ । हालसम्म कूल पाँच लाख ९८ हजार ७ सय ७० जनाको निधन भएको छ ।
न्यूयोर्क टाइम्स तथा सिडीसीद्वारा निकालेको तथ्याङ्क अनुसार बिहीबार २४ घण्टाको अन्तरालमा १३ हजार ४०९ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ३८७ जनाको मृत्यु भएको छ ।
अमेरिकामा हालसम्म दुई करोड ८२ लाख ७८ हजार ३९४ जना सङ्क्रमणपछि निको भएका छन् भने कूल पाँच लाख ९८ हजार ७७० जनाको निधन भएको छ ।
शुक्रबारको तथ्याङ्क अनुसार अमेरिकामा अहिले २१ हजार २२२ जना अस्पतालमा कोरोना सङ्क्रमितहरु भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या पछिल्लो १५ दिनमा २३ प्रतिशतले घटेको छ । यहाँ हालसम्म ३० करोड ५६ लाख ८७ हजार ६१८ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।
विश्वको पहिलो अर्थतन्त्रका रूपमा चिनिने अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४२.६ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ५१.९ प्रतिशत पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण