प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा
बुधबार, ०२ असार २०७८, १२ : ३८
डडेल्धुरामा पाँच दिन देखिको लगातार वर्षातका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटाल थान डुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भीमका हिडम्बनातर्फका पुत्र ‘घटोत्कच’का नामले प्रसिद्ध शक्तिशाली देवता घटाल थान अविरल वर्षाले डुबानमा परेको हो ।
पर्यटन पूर्वाधारका लागि निर्माण भइरहेकै बेला महाभारत पर्वत शृङ्खलाको फेदमा रहेको अमरगढी नगरपालिका–३ डोटीखोलामा अवस्थित घटालथानमा वर्षाले सो क्षेत्रमा निर्माणाधीन संरचनासहित धरापमा परेको स्थानीयवासी राजेन्द्र जैसीले बताए ।
खोलामा वर्षातको पानीको सतह बढेपछि रु एक करोड ४१ लाखमा निर्माण भएको प्यारापिट, मूल मूर्ति स्थान तथा मसानघाटको आरसिसी ढलानलगायत पर्यटक विश्रामस्थल डुबानमा परेपछि पर्यटकीय धार्मिक क्षेत्र सङ्कटमा परेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्णराज बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण