बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्धार निर्देशन समितिले माग्यो १० करोड
बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्धार निर्देशन समितिले प्रदेशका १३ वटै जिल्लामा बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार, उपचार र राहतका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयसँग १० करोड रुपैयाँ माग गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले विपद् कोषमा रकम अभाव भएकाले आर्थिक मामिला मन्त्रालयलाई उक्त रकम यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेको हो ।
बैठकले सिन्धुपाल्चोकमा बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारकातर्फबाट पीडित परिवारलाई तत्काल राहत सामग्रीका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले कोभिड अस्पतालहरुलाई गुणस्तरीय उपचार सेवामा वृद्धि गर्ने क्रममा दोलखाको अस्पताललाई २० लाख रुपैयाँ, नुवाकोट अस्पताललाई ३० लाख रुपैयाँ, भक्तपुर अस्पताललाई ३५ लाख रुपैयाँ र मनमोहन स्मृति अस्पताल काठमाडौंलाई ५५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै बाढी पहिरोका जोखिम रहेका जिल्लाहरुमा सतर्क रहन र विपद् आइपरे तत्काल उद्धार कार्यलाई सहजीकरण गर्न विपद् व्यवस्थापनको सामग्री जिल्ला प्रहरी कार्यालयहरुलाई यथाशीघ्र उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
बाढी पहिरोबाट प्रभावित परिवारहरुलाई उद्धार गर्ने कार्यका लागि सुरक्षा निकाय, जिल्ला समन्वय समिति र रेडक्रसहरुलाई सतर्क रहनसमेत बैठकले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण