आँपका लागि राखियो तीन सुरक्षाकर्मी, ९ वटा कुकुरले दिन्छन् चौबिसै घण्टा पहरेदारी
भारतको मध्य प्रदेश जबलपुरमा एक व्यक्तिको खेतको सुरक्षाका लागि तीनजना सुरक्षाकर्मी र ९ वटा कुकुर राखिएका छन् । सुन्दा अचम्म लाग्ला तर यति कडा सुरक्षा आँपका लागि हो । यो खेतमा फल्न सुरु गरेका आँपको मूल्य लाखौं पर्ने बताइएको छ । यो विशेष किसिमको आँप जापानमा पाइन्छ । जबलपुरको खेतमा फलिरहेका यो आँप अघिल्लो वर्ष अन्तर्राष्ट्रिय बजारमा प्रति किलो २ लाख ७० हजार भारु (४ लाख रुपैयाँ बढी) मा बिकेको जापानी मिडियाले बताएका छन् ।
उक्त आँपका मालिक संकल्पले यो जापानी आँपको नाम टाइयो नो टमेङ्गो भएको बताए । यसलाई एग अफ सन अर्थात् सूर्यको अण्डा पनि भनिन्छ । संकल्पका अनुसार अघिल्लो वर्ष यो आँप निकै चर्चामा आएको थियो जसका कारण उनको खेतमा चोरको बिगबिगी बढेको थियो र आँप चोरी पनि भएको थियो । त्यसैले यो महँगो आँपको सुरक्षाका लागि संकल्प चिन्तित छन् र सुरक्षामा अतिरिक्त पैसा खर्च गरिरहेका छन् ।
यो आँप पूर्ण रुपमा पाकेपछि यो हल्का रातो र पहेँलो हुन्छ । यसको तौल करिब ९०० ग्रामसम्म पुग्ने गर्छ । यसमा रेशा पाइँदैन र असाध्यै गुलियो हुन्छ । आँपको यो प्रजाति जापानमा संरक्षित वातावरणमा फलाइन्छ तर संकल्प सिंह परिहारले यसलाई आफ्नो बाँझो जमिनको खुल्ला वातावरणमा फलाएका छन् ।
संकल्पका अनुसार सुरुमा ४ एकड जमिनमा यो आँपका केही बोट रोपिएको थियो र आज उनको खेतमा १४ भारतीय हाइब्रिड र ६ विदेशी आँप सजिलै पाउन सकिन्छ ।
भारतमा यो आँपको खेती अन्य कतै पनि हुँदैन । जापानी आँपलाई तामागोको नामले चिनिन्छ । अन्तर्राष्ट्रिय बजारमा यसको अत्यधिक माग छ । जापानी भाषामा ‘ताइयो नो तामागो’ को नामले यसलाई चिनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण