गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा डा.काफ्ले नियुक्त
गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा डा.रघुराज काफ्ले नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको ब्यास नगरपालिका ५ का डा.काफ्लेलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले आइतबार उनलाई सपथ गराएका छन् । नवनियुक्त उपाध्यक्ष डा.काफ्लेले अर्थशास्त्रमा पीएचडी गरेका छन् । यसअघि काफ्ले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशक भएका थिए । उनले आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख र तनहुँ जिविसमा स्थानीय विकास कोषको कार्यकारी प्रमुख समेत भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
नवगठित पोखरेल सरकारले गरेको यो पहिलो राजनीतिक नियुक्ति हो । गुरुङ सरकारका पालमा स्याङ्जाका डा.गिरिधारी शर्मा पौडेल योजना आयोग उपाध्यक्ष थिए । काफ्लेलाई आइतबार मुख्यमन्त्री पोखरेलले सपथ ग्रहण गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण