एकसाथ जीवन बिताउन हातमा चेन बाँधेका जोडीको यस्तो भयो हालत
हतमा चेन बाधेर एक अर्कासँग रहने कसम खाएका एक जोडीले अन्ततः बन्धन तोड्दै चेन काटेका छन् । युक्रेनका एक जोडीले आफ्नो प्रेमलाई बलियो बनाउन भ्यालेन्टाइन डेको अवसर पारेर एक अर्कालाई चेनमा बाँधेका थिए । तर, १२३ दिनमा उनीहरुले उक्त चेन काटे । चेन काट्नेवित्तिकै एक अर्कासँग ब्रेकअप पनि गरे ।
युक्रेनकी २९ वर्षीया भिक्टोरिया र ३३ वर्षीय एलेन्जेन्डर उक्त चेन काटेपछि आफ्नो आफ्नो बाटो लागे । भिक्टोरियाले हातको चेन काट्नेवित्तिकै ‘हुर्रे’ भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘म आफ्नो जिन्दगी अब स्वतन्त्र जिउन सक्छु । र आफ्नो एक अलग्गै व्यक्तित्व बनाउन चाहान्छु । अन्ततः म स्वतन्त्र छु ।’
उनीहरुले एकसाथ जुन स्मारकको अगाडि चेन बाँधेका थिए । उनीहरुले सोही स्मारकको अगाडि चेन काटेका थिए । डेलिमेलको रिपोर्टका अनुसार चेन काटेपछि एलेक्जेन्डरले भने, ‘हामीलाई समर्थन गर्ने सबैलाई धन्यवाद ।’
यो जोडीले व्यक्तिगत एकान्तपन र आफ्नो व्यक्तिगत समयबिना कोहीसँग पनि सम्बन्धमा रहँदा त्यसमा दरार आउने भएकाले उनीहरुले आफ्नो विवाहको फैसला तोडेका थिए । उनीहरुले एकसाथ रहँदा उनीहरुबीच दरार पैदा भएको बताए ।
एलेक्जेन्डरले भने, ‘जसरी हामी एक मिठो पल गुजारीरहेका हुन्थ्यौँ । त्यसैगरी मनमुटाव पनि पनि हुन्थ्यो । भिक्टोरिया आफ्नो पहिलेकै जीवनमा फर्किन चाहान्थिन् । उनी आफ्ना अतितमा मनपर्ने चीजहरुको बारेमा याद गर्ने गर्थिन् । मैले उनलाई मेरो अगाडि नै मन लागेको कुरा गर भनेको थिएँ तर, उनले सहीसँग जवाफ दिइनन् ।’
एलेक्जेन्डरले भिक्टोरियाले मेकअप गर्दा झन्झट लागेको समेत बताए । भिक्टोरियाले बिहान उठेर घण्टौँसम्म ऐनाअगाडि बसेर मेकअप गरेको देख्दा, खाना बनाउँदा, फोनमा कुरा गर्दा समस्या हुन थालेकोले एकअर्कासँग झगडा सुरु भएको उनले बताए ।
एलेक्जेन्डरले अगाडि लेखेका छन्, ‘एक अर्काबाट ध्यान हटाउन हामी भिडमा गएर बस्ने गथ्र्यौँ । जब हामी किनमेल गर्न जान्थ्यौँ तब उनी खुसी हुन्थ्यौँ । तर फर्किँदा निकै दुखी हुन्थ्यौँ ।’
उनीहरुले ट्वाइलेट जाँदा सबैभन्दा बढी समस्या भएको बताए । भिक्टोरियाले एलेक्जेन्डरलाई केटीको ट्वाइलेटमा लिएर जाने गर्थिन् । जुन एलेक्जेन्डरलाई राम्रो लाग्दैन थियो । चेनका कारण यी दुवैलाई दुखाई समेत हुन थालेको थियो ।
ब्रेकअपपछि उनीहरु अलग अलग शहरमा बस्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण