रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म
चिकित्यसा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ। आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी रहेकोले सोहीअनुसार परीक्षा सञ्चालनका लागि सिसिएमसीमा अनुमतिको माग गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले जनाए।
तर सिसिएमसीले कोरोनाको जोखिम उच्च रहेको अवस्थामा क्षेत्रीयस्तरमा परीक्षा सञ्चालनका लागि राय मागेकोले सोहीअनुसार आयोग परीक्षाको तयारीमा जुटेको बताए। तर आयोगको स्थापनाको उद्देश्यमध्ये एक विभिन्न विश्वविद्यालयले आ–आफनै ढंगले लिँदै आएका मेडिकल शिक्षाका प्रवेश परीक्षाहरू एकद्वार प्रणालीबाट सञ्चालन गर्ने हो। सोअनुसार प्रवेश परीक्षा आयोगले सञ्चालन गर्ने दायित्व पाएको हो। तर हाल कोभिडको जोखिमका कारण सबै विद्यार्थीलाई केन्द्रमै अर्थात् काठमाडौंमै बोलाएर परीक्षा सञ्चालन गर्दा जोखम उच्च हुने सम्भावना भएको आँकलन गर्दै सिसिएमसीले क्षेत्रीय रूपमा प्रवेश परीक्षा सञ्चालन गर्न सकिन्छ कि भन्ने राय आयोगसँग मागेको छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण