स्वास्थ्य संकटको घडीमा स्वास्थ्यमन्त्री पटक-पटक परिवर्तन हुँदा कार्यसम्पादनमा समस्या
पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिइसकेको छन् ।
स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्य मन्त्रालय हाँक्ने मन्त्रीको जिम्मेवारी अलि बढी नै हुन्छ । तर, जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो मन्त्रालय हाँक्ने मन्त्री नै फेरिरहँदा कार्यसम्पादनमा समस्या आएको पाइएको छ । कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक मन्त्री परिवर्तन हुँदा अनेकन समस्या देखिएको छ । एक जना मन्त्रीले आफूले सारेको योजनालाई कार्यान्वयन गर्न नपाउँदै छिटोछिटो मन्त्री हेरफेर हुँदा कार्यसम्पादनमा समस्या देखिएको हो ।
३ फागुन २०७४ मा प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्ति भएयता तीन वर्ष चार महिनाको अवधिमा ६ जना स्वास्थ्यमन्त्री फेरिएका छन् । ओली प्रधानमन्त्री भएयता पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । बिहीबारदेखि भने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय पनि हेर्नेगरी जिम्मेवारी दिइएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण