ठूला ऋणी राष्ट्र बैंकको निगरानीमा
नेपाल राष्ट्र बैंकले ठूला ऋणीमाथिको निगरानीलाई तीव्रता दिन अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ठूला ऋणिमाथि निगरानी बढाएको राष्ट्र बैंकले हाल बैंकहरूलाई निर्देशन दिँदै ५० लाख रुपैयाँभन्दा बढी ऋण लिने ग्राहकको विवरण दैनिक रिपोर्टिङ गर्न भनेको छ । कोरोना महामारीबाट बच्न भन्दै लगाइएको निषेधाज्ञाको समय उद्योग व्यवसाय सञ्चालनमा नआउँदा पनि बैंकको कर्जा विस्तार उच्च भएपछि के कस्ता क्षेत्रमा कर्जा प्रवाह भइरहेका छन् रु सो विषयमा छानबिन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने आफ्ना ग्राहकको विवरण पठाउन निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा। गुणाकर भट्टले हाल के कस्तो क्षेत्रमा कर्जा विस्तार भइरहेको छ रु त्यसको अनुसन्धान गर्न ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण पठाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको जानकारी दिए ।
नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा र मुलुक लकडाउनको समयमा पनि के कस्ता क्षेत्रमा कर्जा विस्तार भएको छ रु त्यसको विश्लेषण गर्नका लागि राष्ट्र बैंकलले ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण माग गरेको जानकारी गराउँदै भट्टले भने, ‘निषेधाज्ञाको समयमा राष्ट्र बैंकको नीतिअनुरूप ठीक ठाउँमा कर्जा विस्तार भयो वा भएन भन्नेबारे बुझ्न अब हामी अनुसन्धान गर्छौं ।’
राष्ट्र बैंकको यस्तो निर्देशनबमोजिम बैंकहरूले यसअघिका दिनमा र अबका दिनमा ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण दैनिक बुझाउनुपर्नेछ । पछिल्लो समय राष्ट्र बैंकको नीति विपरीत अन्य क्षेत्रमा बढी कर्जा विस्तार भइरहेको गुनासो बढेपछि राष्ट्र बैंकले सो सम्बन्धमा छानबिन गर्न ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण मगाएको सम्बन्धित सरोकारवालाको भनाइ छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण