लाइभ न्युजमै समाचारवाचकले भने, ‘हामीले तलब पाएका छैनौँ’
जाम्बियाका एक समाचारवाचक अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । गत शनिबारको समाचार क्लिपले उनलाई भाइरल बनाएको हो ।
कबिन्द कालिमिना नामका यी प्रस्तोता केबिएन टिम न्युजका लागि काम गर्छन् । समाचारको हेडलाइन पढ्दासम्म उनी सामान्य नै देखिन्थे । त्यसपछि एकाएक अन्य समाचार पढ्न छाडेर उनले प्रत्यक्ष प्रसारणमै भने, ‘लेडिज एन्ड जेन्टलमेन, समाचारभन्दा पर, हामी मानव हौँ । त्यसैले हामीले पारिश्रमिक पाउनुपर्छ । दुग्र्भायवश् केबिएनमा हामीले पारिश्रमिक पाएका छैनौँ । मसहित सारोन र अन्य सबैजनाले पाएका छैनन् । हामीले तलब पाउनुपर्छ ।’
यति भनिसकेपछि टेलिभिजन स्टेशनमा समाचार कट भयो । अनि, निर्माताले पुनः ट्रेलर बजाउन थाले । केबिएन टिभीले ख्याति कमाउनका लागि एक रातको स्टन्ट गरेको भन्दै कालिमिनको निन्दा गरेको छ ।
कालिमिनले जड्याँहाको व्यवहार देखाएको भन्दै यसबारे अनुसन्धान गरिने पनि टिभीले जनाएको छ । ‘कसरी रक्सीले मातेका पार्ट–टाइम प्रस्तोता अन एयरमा पुगे भनेर हामी अनुसन्धान गर्दैछौँ,’ टेलिभिजनका सिईओले फेसबुकमार्फत विज्ञप्ति निकाल्दै भनेका छन् ।
यद्यपी, हेडलाइन पढ्दासम्म यी प्रस्तोता निकै भद्र र सामान्य देखिएका थिए । पत्रकार तथा कर्मचारीले तलब नपाएकै कारण आफु यस्तो कदम चाल्न बाध्य भएको कालिमिनले बताएका छन् । कम्पनीले लगाएको आरोपको उनले खण्डन गरेका छन् । ‘हो मैले लाईभ टिभीमा यस्तो काम गरेँ किनकी धेरै पत्रकारहरु बोल्नका लागि डराउँछन् भन्नुको अर्थ पत्रकारहरुले बोल्नै हुँदैन भन्ने होइन,’ फेसबुकमा उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण