गण्डकी प्रदेश : सरकार गठन भएको १५ दिनपछि बल्ल दुई मन्त्रीको जिम्मेवारी तोकियो
गण्डकी प्रदेश सरकारमा सामेल चार मन्त्रीमध्ये दुईजनाको जिम्मेवारी तोकिएको छ । बाँकी दुईजना भने अझै विनाविभागीय हैसियतमै सरकारमा सामेल छन् । सरकार गठन भएको १५ दिनपछि दुई मन्त्रीको कार्यविभाजन तोकिएको हो ।
आइतबार मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई विभागीय जिम्मेवारी तोकिएको हो । खड्कालाई सामाजिक विकास मन्त्रालय र अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा आइतबार दुई मन्त्रीको जिम्मेवारी तोकिएको गण्डकी प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।
सरकारमा सामेल अन्य दुई मन्त्री हरिशरण आचार्य र राजीव गुरुङ (दिपक मनाङे) भने अझै विना विभागीय मन्त्रीकै रुपमा सरकारमा छन् । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सोही दिन पाँच सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । तर मन्त्रिपरिषदमा सामेल सदस्यहरुको कार्यविभाजन भएको थिएन ।
मन्त्रालयमा भागवण्डाबारे सत्ता साझेदार दलहरुबीच विवाद बढेका कारण कार्यविभाजनमा ढिलाइ हुँदै आएको थियो । यद्यपि अझै सहमति जुट्न नसकेका कारण मुख्यमन्त्री पोखरेलले काँग्रेसका तर्फबाट सहभागी खड्का र माओवादी केन्द्रका तर्फबाट सहभागी अधिकारीलाई मात्र जिम्मेवारी तोकेका छन् । जसपाबाट सामेल आचार्य र स्वतन्त्र सांसदका रुपमा सरकारमा सहभागी भएका गुरुङलाई अझै जिम्मेवारी तोकिएको छैन ।
दलहरुबीच विवादकै कारण प्रदेश सरकार विस्तार गर्ने कामसमेत अलपत्र छ । प्रदेश सरकारमा काँग्रेसबाट मुख्यमन्त्रीसहित चार, माओवादी केन्द्रबाट चार मन्त्री, जसपाबाट दुई मन्त्री र एक स्वतन्त्र गरी ११ सदस्यीय मन्त्रिपरिषद बनाउने विषयमा यसअघि नै सहमति भइसकेको छ । तर कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे दलहरुबीच सहमति जुट्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण