लुटेराले टाउकोमा बन्दुक तेर्साएर फोन–सिक्री खोसे, तर पनि आनन्दले ‘चिकेन’ खाइरहे यी व्यक्ति (भिडियो)
टिम इन्डियाका खेलाडी एम एस धोनी दबाबका बेला पनि ‘कूल’ हुन्छन् भन्ने आम धारणा छ । यसै गरी बिन्दास भएका कारण एक व्यक्ति सोसल मिडियामा निकै भाइरल भइरहेका छन् । लूटपाटबीच पनि शान्तिपूर्वक खाना खाइरहेका यी व्यक्तिको भिडियो ट्रेन्डमा छ ।
यो भिडियोमा देख्न सकिन्छ कि लुटेरासँग एउटा पिस्टोल छ । उनले हावामा पिस्तोल हल्लाउँछन् र रेष्टुरेन्टमा भएका मानिसहरुसँग उनीहरुका महँगा सामान माग्छन् । यतिबेला एक व्यक्ति आरामले चिकेन विङ्ग्स खाइरहेको देख्न सकिन्छ ।
ती लुटेरा त्यसपछि यी व्यक्ति भएठाउँ पुग्छन् र उनको सिक्रि तान्छन् तर यी व्यक्ति न त डराउँछन् न नै कुनै प्रकारको विरोध गर्छन् । यी व्यक्ति कुनै प्रतिक्रिया बिना नै आफ्नो खानामा मस्त देखिन्छन् । भिडियो हेर्दा यस्तो लाग्छ कि यी व्यक्तिलाई आफ्नो खानाबाहेक अन्य कुनै कुराको वास्ता छैन ।
त्यसपछि लुटेराले यी व्यक्तिको फोन पनि माग्छन् । यसपटक पनि उनी नडराई आरामले आफ्नो फोन यी व्यक्तिलाई दिन्छन् र आफ्नो खानामा नै केन्द्रीत हुन्छन् ।
यी व्यक्तिको व्यवहार त्यहाँ भएका अन्य मानिसहरुभन्दा भिन्न थियो । जहाँ एकातिर थुप्रै मानिसहरु यो चोरलाई देखेर भाग्ने र लुक्ने कोसिस गरिरहेका थिए भने केही मानिसहरु यस्ता पनि थिए जो आफ्नो महँगा सामान लुकाउने कोसिस गरिरहेका थिए ।
यी चोर यी व्यक्तिको मोबाइलबाहेक यो रेष्टुरेन्टबाट अन्य केही महँगा सामान लिएर भागेका थिए । यो घटनापछि मानिसहरु निकै डराइरहेका देखिन्थे भने लुटपाटपछि पनि यी व्यक्ति आफ्नो चिकन विङ्ग्स खान मस्त थिए ।
यद्यपि, यो लुटपाट कहाँ भएको थियो भन्ने स्पष्ट जानकारी भने छैन । सिसिटिभी फुटेजका अनुसार यो घटना १७ जून राती करिब १० बजेको हो । यो लुटपाट स्प्यानिस बोल्ने कुनै देशमा भएको मानिन्छ ।
यी व्यक्तिको ‘कूल’ व्यवहारका कारण सोसल मिडियामा थुप्रै मानिसहरुले कमेन्ट गरेका छन् । एक सोसल मिडिया प्रयोगकर्ताकाले भने, ‘यदि म चोर भएको भए र यी व्यक्ति आफ्नो फोन गुमाएपछि पनि यति रिल्याक्स हुन्छन् भने मलाई यो देखेर निकै डर लाग्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण