शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हङ्गकङले ब्रिटेनबाट आउने सबै उडानमा लगायो रोक

मङ्गलबार, १५ असार २०७८, १४ : ५७
मङ्गलबार, १५ असार २०७८

हङ्गकङले कोरोना भाइरसको डेल्टा भेरियन्टलाई आफ्नो देशमा फैलनबाट रोक्नका लागि ब्रिटेनबाट आउने सबै उडानमा रोक लगाएको छ ।

ब्रिटेनमा डेल्टा भेरियन्टका संक्रमितको संख्या संसारका थुप्रै देशको तुलनामा निकै धेरै छ र यहाँ यसका संक्रमित तीब्र रुपमा बढिरहेका छन् ।

यो प्रतिबन्ध एक जुलाईदेखि लागू हुनेछ जसका कारण बेलायतबाट आउने सबै यात्रीको उडान प्रभावित हुनेछ ।

हङ्गकङले चीनसँग राजनीतिक गतिरोध जारी रहेकै बेला यो यात्रा प्रतिबन्ध लागू गरेको छ ।

यो प्रतिबन्धको अर्थ यो हो कि – यदि कुनै व्यक्तिले बेलायतमा दुई घण्टाभन्दा बढी समय बिताउँछन् भने उनलाई हङ्गकङका लागि कुनै पनि विमानस्थलबाट उडान भर्ने अनुमति दिइने छैन ।

अधिकारीका अनुसार यो निर्णय बेलायतमा महामारीको हालै बढ्दै गरेको संक्रमण दरलाई ध्यानमा राखेर लिइएको हो । ब्रिटेनमा डेल्टा भेरियन्टको संक्रमण तीब्र रुपमा बढिरहेको छ जसका कारण चिन्ता बढेको छ ।

ब्रिटेनमा बढ्दो संक्रमितः

खोपको दर उच्च भएपनि पछिल्लो समयमा ब्रिटेनमा सबैभन्दा धेरै  संक्रमित देखिएका छन् । ब्रिटेनमा भेटिएका दैनिक संक्रमितको संख्या यूरोपको कुनै पनि देशभन्दा भिन्न छ । जति पनि नयाँ संक्रमित देखिएका छन् तीमध्ये धेरै डेल्टा भेरियन्टका संक्रमित छन् । डेल्टा भेरियन्टको पहिलो संक्रमित भारतमा पाइएको थियो ।

हङ्गकङले यद्यपि, अघिल्लो हप्ता मात्रै आफ्नो देशमा डेल्टा भेरियन्टको पहिलो संक्रमित भेटिएको बताएको थियो । त्यसको १६ दिनसम्म त्यहाँ कुनै पनि संक्रमित देखिएका थिएनन् ।

हङ्गकङ संसारको ती स्थानमध्ये एक हो जहाँ सन् २०२० पछि सबैभन्दा कडा प्रतिबन्ध लागू गरिएको थियो । यसैकारण हङ्गकङमा कोरोना संक्रमण संसारका थुप्रै हिस्साजस्तै अनियन्त्रित रहेन ।

अधिकारीका अनुसार उनीहरुले हालै बेलायतबाट आउनेहरुमा डेल्टा भेरियन्टका संक्रमण भेटिएको छ । त्यसपछि उक्त यात्रामा समावेश सबै मानिसहरुलाई क्वारेन्टिनमा राखिएको थियो ।

एक जुलाईदेखि वायु–सेवामाथि प्रतिबन्ध लागू हुनेछ । हङ्गकङबाट ब्रिटेन जाने उडान आगामी प्रतिबन्धबाट प्रभावित हुने छैन ।

नेपाल, इन्डोनेशिया, भारत, पाकिस्तान र फिलिपिन्ससहित डेल्टा स्ट्रेनको बढ्दो मामिलाको विषयमा हङ्गकङले पहिले देखि नै अन्य देशसँगको उडानमाथि रोक लगाइसकेको छ ।

ब्रिटेनको सरकारले यो आदेशका कारण हङ्गकङका मानिसहरुको अधिकार र स्वतन्त्रतालाई प्रतिबन्ध गर्ने आरोप लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप