कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारलाई अदालतको आदेश
कोरोनाबाट ज्यान गुमाउनेहरुको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसहित दायर गरिएको रिटमा भारतको सर्वोच्च अदालतले बुधबार फैसला सुनाएको छ । सर्वोच्च अदालतले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको हो । यद्यपि, कति रकम क्षतिपूर्ति दिने भन्ने विषय केन्द्र सरकारले नै निर्धारण गर्ने अदालतको आदेशमा उल्लेख छ ।
यसअघि अदालतमा ४ लाख भारु क्षतिपूर्ति पाउनुपर्ने मागसहित मुद्दा दर्ता भएको थियो । त्यस्तै, भारतको केन्द्र सरकारले पनि अदालतमा याचिका दर्ता गरेको थियो, जसमा कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई कुनै क्षतिपूर्ति रकम दिन नसकिने उल्लेख थियो, यो रिट अदालतले खारेज गरिदियो ।
भारतमा कोरोनाका कारण ३ लाख ९८ हजार ४ सय ८४ जनाले ज्यान गुमाइसकेका छन् । ३ करोडभन्दा धेरै जनसंख्या संक्रमित हुने दुई देशमध्ये भारत एक हो । यहाँ ३ करोड ३ लाख ६२ हजारभन्दा धेरै जनसंख्यामा कोरोना पुष्टी भइसकेको छ । सर्वाधिक धेरै संक्रमित अमेरिकामा छन् । जहाँ, ३ करोड ४५ लाख २७ हजारभन्दा धेरैमा संक्रमण पुष्टी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण