कोभिड संक्रमणबारे जानकारी लिन ‘सेरो प्रिभिलेन्स सर्भे’ गरिँदै
सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्थाबारे जानकारी लिन ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्ने भएको छ । देशभरका ७७ जिल्लामा पुगेर १३ हजार नमुना संकलन गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
संक्रमणको अवस्थाबारे जानकारीका लागि ‘सेरो प्रिभिलेन्स सर्भे’ सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नमुना संकलनका लागि अबको दुई दिनमा गाउँ–गाउँ सर्भे प्राविधिकहरू पुग्ने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरे ।
डा. पौडेलले भने, ‘यो सर्भेको नतिजाले आगामी दिनमा कोरोनाभाइरस संक्रमणसँग जुध्न गर्ने तयारी र योजनाका लागि सहयोग गर्नेछ ।’ पौडेलका अनुसार यो सर्भेपछि नेपालमा कति संक्रमित भए र कहाँ बढी जोखिम छ भनेर जानकारी हासिल गर्न सकिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, केन्द्रीय तथ्याङ्क विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठनको सहकार्यमा सेरो प्रिभिलेन्स सर्भे सुरु गर्न लागिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण