शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी
यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला कोभिड–१९ ले १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र ध्वस्त हुने अवस्था आएकाले सरकारी निषेधाज्ञा अवज्ञा गरेरै भए पनि सार्वजनिक यातायात सञ्चालन गर्ने बताउँछन्। ‘बजारलगायत सबै क्षेत्र खुलिसक्यो। तर सार्वजनिक यातायात मात्रै रोकेर हुँदैन,’ उनले भने, ‘असार १८ गतेदेखि सडकमा उत्रिन्छौं। सरकारले जे गर्न मन लाग्छ गर्छ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटै यातायात मजदुर संगठनले गत असार १४ गते नै संयुक्त विज्ञप्ति जारी गरेर आगामी असार १८ गते अर्थात शुक्रबारसम्म देशभरका सम्पूर्ण सार्वजनिक यातायातका साधन आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने चेतावनी दिएका छन्।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण