काँग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउन सकस
काठमाडौं । नेपाली काँग्रेसमा महाधिवेशनका मतदाताका रूपमा रहने क्रियाशील सदस्यताको विवाद किनारा लगाउन निकै सकस भएकोे छ । गाउँ तथा नगरको वडा अधिवेशन सुरु हुन तीन साताको हाराहारी मात्र समय बाँकी रहे पनि पार्टीको क्रियाशील सदस्यता विवाद अझै मिल्ने स्थिति देखिएको छैन ।
पार्टीका प्रभावशाली नेताहरूले नै यसलाई आफ्नो हारजितसित जोडेपछि एक दर्जनभन्दा बढी जिल्लामा अझै क्रियाशील सदस्यताको विवाद ज्यूँका त्यूँ रहेको पाइएको छ । विवाद मिलान चुनौतीपूर्ण काँग्रेसको क्रियाशील सदस्यताको विवाद पाँच सयभन्दा बढी वडामा अझै कायमै छ ।
काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पार्टीका लागि क्रियाशील सदस्यताको विवाद मिलाएर १४औँ महाधिवेशन सम्पन्न गर्ने कुरा निकै सकस र चुनौतीपूर्ण भएको बताउछन् । संवैधानिक हिसाबले पनि भदौ १९ गतेभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यता काँग्रेसलाई छ तर पार्टीका मतदाता क्रियाशील सदस्यताको टुङ्गो नै लाग्न सकेको छैन । अझै पनि काठमाडौँ, नुवाकोट, चितवन, मोरङ, सुनसरी, कैलाली, सुर्खेत, काभ्रेपलाञ्चोक, स्याङ्जा, सिन्धुपाल्चोकलगायतका दर्जनभन्दा बढी जिल्लाको विवाद मिल्न सकेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण