एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात
वीरगञ्ज । प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि आयात खुलाएको छ । भारतमा खाने तेलको मूल्य वृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाललगायत अन्य मुलुकलाई समेत अनुमति दिएको हो ।
भारतले पाम तेल आयात खोलेपनि निकासी गर्न कम्तीमा अझै १ महीना लाग्ने ओबीसी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । ‘भारत निकासी रोकिएपछि उद्योगीहरू अहिले भटमासको तेल निर्यातमा केन्द्रित भएका छन् । कच्चा पाम आयल भित्र्याएर प्रशोधन र निकासी गर्न १ महीना समय लाग्छ,’ उद्यमी रुंगटाले आर्थिक अभियानसित भने ।
नेपाली उद्यमीले इन्डोनेशिया र मलेशियाबाट ल्याएको कच्चा पाम प्रशोधन गरी भारत निकासी गर्छन् । आयातित पाम आयलले आफ्ना उद्योग र कृषकलाई प्रतिकूल प्रभाव पारेको भन्दै भारतले २०७७ वैशाख ३० गतेयता आयातमा पूर्ण रोक लगाएको थियो ।
त्यसअघि २०७६ पुस २३ मा लगाइएको रोक १ महिनापछि परिमाणात्मक बन्देजसहित खुला गरेको थियो । भारतले पाम आयल आयातमा उच्च दरको महसुल लगाएको छ ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण