चारजना सचिवमा बढुवा
काठमाडौं । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको थियो। कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा। आचार्यलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिवत्रय डा। प्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको थियो।
इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई बढुवा गरिएको छ। इन्जिनियरिङ सेवातर्फ बज्राचार्यसहित सुशिलचन्द तिवारी र गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरिएको थियो।
प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस पाण्डेलाई सचिवमा बढुवा गरिएको छ।
पाण्डेसहित मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो। डा। रेग्मीको हकमा उनको मात्रै सिफारिस भएको थियो। यो समाचार अन्नपूर्ण पोस्मा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण