सुखा पहिरोले अवरुद्ध कर्णाली करिडोर खुला

कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरुद्ध भएको थियो ।
कर्णाली करिडोरमा आएको सुक्खा पहिरो आज बिहान पन्छाएपछि करिडोर खुलेको र यातायातका साधन चल्न थालेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । “कर्णाली राजमार्ग अवरुद्ध भएको करीब १२ दिनपछि खुला भएको छ”, उनले भने, “वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो । कर्णाली राजमार्गको भौरेकुना सुक्खा पहिरो सेना, प्रहरी र स्थानीयवासीको पहलमा खुला गरिएको छ ।”
लगातारको वर्षाका कारणले कर्णाली करिडोर १२ दिनदेखि नै अवरुद्ध रहेको थियो । कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षातका कारणले पहिरो जाँदा अवरुद्ध भएको थियो । कर्णाली करिडोर अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुरा जिल्लाको करिडोरको सडकखण्डमा पहिरो गएको थियो ती सबै ठाउँका पहिरो पन्छाएको नेपाली सेना कर्णाली करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?