सिमकोटमा छ महिनामा जोडिन सक्छ सडक सञ्जाल
आगामी छ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जाल जोडिने भएको छ । कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माणको प्रक्रिया अगाडि बढेपछि नयाँ आर्थिक वर्षको मध्यअघि सदरमुकाम सिमकोटमा राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।
आगामी पुस महिनाभित्र हालसम्म राष्ट्रिय सडक सञ्जालसँंग नजोडिएको एक मात्र हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिने हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए । सदरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको सिमकोट सर्केगार्ड खण्डको छारे र लेप्चे क्षेत्रमा ५० मिटरका दुईवटा बेलिब्रिज निर्माणका लागि बोलपत्र आह्वान हुँदा काम अगाडि बढ्ने उनको भनाइ छ ।
उनका अनुसार आयोजनालाई जति सक्दो चाँडो सदरमुकाम सिमकोटसँंग राष्ट्रिय सडक सञ्जाल जोड्नका लागि केन्द्र तथा जनस्तरबाट दबाब छ । यसका लागि डेढ करोड रुपियाँ लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । सिमकोटलाई सडक सञ्जालसँग जोड्नका लागि वैकल्पिक सडक निर्माण गरेर आयोजनालाई तीव्रता दिने उनले बताए । तत्काललाई वैकल्पिक माध्यमबाट सडक जोडिनेछ । सबै कुराले साथ दिए छ महिनामा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताउँदै प्रमुख लामाले छारेबाट लेप्चेसम्मको डेढ किलो मिटर सडक निर्माण कार्यलाई पनि तत्काल अगाडि बढाइनेछ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण