ओली र नेपालबीच टेलिफोन वार्ता
नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।
एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ ।
ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।
दुई नेताबीच टेलिफोनमा वार्ता भएपछि ओली समूहबाट नेता विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल तथा नेपाल समूहबाट घनश्याम भुषाल, भीम आचार्य र सुरेन्द्र पाण्डे छलफलमा जुटेका छन् । ललितपुरको एक होटलमा भएको छलफलमा कुनै निकास निष्कन नसकेको स्रोतको दाबी छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण