नेपाल–भारत–चीन जोड्ने सुरूङ मार्गको निजी क्षेत्रबाट सुटुक्क शिलान्यास !
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा योजना पारेर बजेट विनियोजन गरेको दुई दिनपछि उक्त आयोजनामा निजी क्षेत्रले शिलान्यास गरेको छ ।
भारतलाई नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सुरुङ निर्माणका लागिसमेत बजेट विनियोजनसहित सङ्घीय सरकारले गत जेठ १५ गते ल्याएकामा जेठ १७ गते नै एमभी दुगड ग्रुपले सुरुङ निर्माण गर्ने भन्दै सुरुङ मार्गको शिलान्यास गरेको छ ।
लामाबगर फलाक नाका नेपाल–भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हो । नौ सय मिटर सुरुङसहितको सडक बनाउन पछिल्लो १० वर्षदेखि यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरूले पहल गरिरहेका छन् ।
त्यसैअनुरूप सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा लामाबगर सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धतासहित बहुवर्षीय ठेक्का आह्वान गर्न २५ करोड रुपियाँ विनियोजन गरेको छ । बजेट सार्वजनिक भएको दुई दिनपछि बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्कामार्फत गाउँपालिकाको वडा नं. १ लामाबगरमा शिलान्यास गरेपछि सुरुङ मार्ग निर्माण कार्य अन्योलमा परेको छ
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण