पत्रपत्रिका
४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक
आइतबार, २० असार २०७८, ०६ : ५६
साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले विद्युतीय बस खरिद गर्न गत चैत १३ गते ग्लोबल बोलपत्र आह्वान गरेको थियो । नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ ।
साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा विद्युतीय बस ल्याउन लागेको हो । शुक्रबार प्रस्ताव खोलिएको हा । एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ ।
साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले भने, “प्रस्ताव खोलिएको छ, मूल्याङ्कन गर्न एक महिना लाग्छ । हाम्रो लक्ष्य अबको दुई महिनामा सम्झौता गर्ने हो, सम्झौता भएको करिब छ महिनामा बस आउँछन् ।”
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण