विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार
आइतबार, २० असार २०७८, ०६ : ५९
राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन्। धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रीएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो।
प्रशारण लाइन मर्मतका लागि दक्ष जनशक्ति पठाइदिन केन्द्रीय स्तरमा अनुरोध गरिएको र धुञ्चे ब्रावलको अलावा अन्य स्थानमा रहेका टावरको अवस्था समेत विद्युत् प्राविधिकद्वारा अनुगमन भइरहेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमबहादुर भण्डारीले जानकारी दिए।
यसरी विद्युत् प्रभावित हुने क्षेत्रहरूमा कालिका–१, उत्तरगया–१, गोसाइँकुण्ड गाउँपालिकाका छ वडा र आमाछोदिङ्मो गाउँपालिकाको पाँच वडा रहेको प्रमुख भण्डारीले बताए। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण