वायुसेवा सञ्चालक संघद्वारा पूर्ण उडानको माग
निजी हवाई कम्पनीहरुको स्वतन्त्र संस्था वायुसेवा सञ्चालक संघ (एओन) ले सरकारसँग साविककै पूर्ण हवाई उडानको माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले अहिलेको बर्खाको मौसममा देशभित्रका विभिन्न स्थानमा घट्ने घटनाका लागि राहत उद्धारमा आवश्यक उडान भर्नुपर्ने र ५० प्रतिशतको कोटाले यात्रु घट्न गई आम्दानी घटनाले खर्च धान्न मुश्किल हुने हुँदा पूर्ण उडान खुल्ला गर्नुपर्ने माग गरेको हो ।
अहिले परेको अविरल वर्षाले बाटोघाटोलाई विभिन्न ठाउँमा क्षति पुर्याएको छ । कहीँ डाइभर्सन बगाएको छ भने कतै पहिरो त कतै पुलमा क्षति । सर्वसाधारण यात्रुहरु विभिन्न ठाउँमा रोकिएका छन् । आउजाउमा निकै नै समस्या परिरहेको छ ।
हाल तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाई हुने देखिन्छ । उडान संख्या घट्ने बित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरुले धान्नै नसकिने देखिन्छ । उडान संख्या कम हुने बित्तिकै सञ्चालन खर्च स्वतः बढ्न जान्छ । निषेधाज्ञा अगाडी झण्डै दैनिक १५ हजार हवाई यात्रुहरुले ओहोरदोहर गरेको रेकर्ड छ । यसो हुनुको मुख्य कारण सस्तो हवाई भाडादर र अधिक हवाई उडान नै हो ।
हवाई उडानबाट संक्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनहरुले पनि पुष्टि गरेको छ । हामी संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा निर्देशित निर्देशिकाको कडिकडाउ साथ पालना गरेका छौं । विश्व स्वास्थ्य संगठनले पनि मास्कको प्रयोगबाट करोना नसर्ने पुष्टि गरेको छ । ह्याण्ड सेनिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको संक्रमणरहित सरसफाईमा विशेष ध्यान दिएका छौं ।
तसर्थ यस विषम परिस्थितिमा नेपाल वायु सेवा सञ्चालक संघ सरकारसँग हातेमालो गर्न तयार छ । हामी यसका लागि सस्तो भाडादर तथा सहज र संक्रमण नफैलिने तरिकाले उडान गर्न प्रतिवद्धता व्यक्त गर्दछौं । सहज र सस्तो उडानका लागि निषेधाज्ञा अगाडिकै उडान संख्या बढाइदिन हार्दिक अनुरोध गर्दछौं । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण