आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कमला नदीमा भत्केको पुल ठेकेदार कम्पनीले नै बनाउने

सोमबार, २१ असार २०७८, २० : ३०
सोमबार, २१ असार २०७८

बाढीले भत्काएको सिराहा–धनुषा जोड्ने कमला पुल लुम्बिनी विल्डर्स जेभीले आफ्नै खर्चमा मर्मत गर्ने भएको छ । सिरहा–धनुषाको सीमानामा बनिरहेको कमला नदीमा बनेको सञ्चालनको तयारीमा थियो तर पछिल्लो समय आएको बाढीले पुललाई भत्काएको छ । पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको छ ।

भासिएको भाग ठेकदार कम्पनीले आफ्नै खर्चमा बनाउने हुलाकी सडक निर्देशनालय अन्तर्गतको योजना कार्यालय जनकपुरलाई पत्रमार्फत जानकारी गराइसकेको लुम्बिनी बिल्डर्स जेभीका प्रमुख विष्णु प्रसाद शर्माले बताए  । पाँच वर्षसम्म कुनै समस्या भएमा ठेकदार कम्पनीले नै बनाउने सहमति भए अनुसार  भत्केको भागलाई निर्माण गर्ने उनले बताए ।

अविरल वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिब १ मिटर बढी पानीको सतह बढेको छ । सञ्चालन नहुँदै पुलको पिलर भासिएको छ । पानीको सतह बढ्दा पुल भासिएको विज्ञहरूको भनाई छ ।

४७० मिटर लामो पुल निर्माणको जिम्मा पप्पु–लुम्बिनी जेभीलाई गत २०६८ सालमा दिइएको थियो । पछि पुल निर्माणको पूरा जिम्मा लुम्बिनी बिल्डर्सलाई दिइएको थियो । ११ मिटर चौडाइ रहेको कमला पुल १२ स्पानको छ । नदीको दुबैतिर तटबन्ध बनाएर बहाव पुलभित्र छिराएको छ । कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौँ मानिस प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप