कमला नदीमा भत्केको पुल ठेकेदार कम्पनीले नै बनाउने
बाढीले भत्काएको सिराहा–धनुषा जोड्ने कमला पुल लुम्बिनी विल्डर्स जेभीले आफ्नै खर्चमा मर्मत गर्ने भएको छ । सिरहा–धनुषाको सीमानामा बनिरहेको कमला नदीमा बनेको सञ्चालनको तयारीमा थियो तर पछिल्लो समय आएको बाढीले पुललाई भत्काएको छ । पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको छ ।
भासिएको भाग ठेकदार कम्पनीले आफ्नै खर्चमा बनाउने हुलाकी सडक निर्देशनालय अन्तर्गतको योजना कार्यालय जनकपुरलाई पत्रमार्फत जानकारी गराइसकेको लुम्बिनी बिल्डर्स जेभीका प्रमुख विष्णु प्रसाद शर्माले बताए । पाँच वर्षसम्म कुनै समस्या भएमा ठेकदार कम्पनीले नै बनाउने सहमति भए अनुसार भत्केको भागलाई निर्माण गर्ने उनले बताए ।
अविरल वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिब १ मिटर बढी पानीको सतह बढेको छ । सञ्चालन नहुँदै पुलको पिलर भासिएको छ । पानीको सतह बढ्दा पुल भासिएको विज्ञहरूको भनाई छ ।
४७० मिटर लामो पुल निर्माणको जिम्मा पप्पु–लुम्बिनी जेभीलाई गत २०६८ सालमा दिइएको थियो । पछि पुल निर्माणको पूरा जिम्मा लुम्बिनी बिल्डर्सलाई दिइएको थियो । ११ मिटर चौडाइ रहेको कमला पुल १२ स्पानको छ । नदीको दुबैतिर तटबन्ध बनाएर बहाव पुलभित्र छिराएको छ । कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौँ मानिस प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण