नयाँ दिल्लीमा भूकम्पको धक्का
सोमबार, २१ असार २०७८, २३ : ४१
भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राती १० बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसको केन्द्रबिन्दु हरियाणाबाट दश किलोमिटर दक्षिणमा परेको भूकम्प मापन केन्द्रलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
नयाँ दिल्लीबाट यसको दूरी ५४ किलोमिटर टाढा पर्छ । भूकम्पबाट जनधनको क्षति नभएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो : ज्ञानेन्द्र शाही
-
एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी
-
मेरो अटो मोटर र्यालीको चौथो संस्करण ‘काठमाडौँ टु सौराहा’ आयोजना हुने
-
कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको तेस्रो विकेट
-
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
-
आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव