पहिले नदेखिएको घटना : बघिनीको मृत्युपछि बाघले गरिरहेको छ परिवारको काम
भारतको मध्य प्रदेशको पन्ना टाइगर रिजर्वमा एक बघिनीको असामयिक मृत्यु भएपछि एउटा बाघले आफ्ना डमरुहरुको हेरविचार गरिरहेको छ । पछिल्लो दुई महिनादेखि भाले बाघ आफ्ना डमरुहरुका लागि खानाको प्रबन्ध मिलाउनुका साथै उनीहरुलाई शिकार गर्ने तालिम पनि दिइरहेको छ ।
भारतीय एक सञ्चार माध्यमका अनुसार मध्य प्रदेशको पन्ना टाइगर रिजर्वमा पछिल्लो मे १५ मा बघिनी पी २१३ (३२) को मृत्यु भएको थियो । त्यसपछि नै उनका चार डमरु कतै हराएका थिए र पन्ना टाइगर रिजर्वले उनीहरुको लगातार खोजी गरिरहेको थियो । व्यवस्थापन पक्षलाई डमरुहरुको पालन–पोषणको चिन्ता भइहेको थियो । तर केही दिनपछि पन्ना टाइगर रिजर्वबाट एउटा भिडियो सार्वजनिक गरियो जसले धेरैलाई अचम्मित तुल्यायो ।
भिडियोमा भाले बाघ पी–२४३ ले आफ्ना डमरुहरुको राम्रोसँग हेरविचार गरिरहेको देख्न सकिन्छ । डमरुहरु आफ्ना पितासँग चट्टानमा मस्ती गरिरहेको देखिएका छन् । वास्तवमा पन्ना टाइगर रिजर्वमा १५ मेमा बघिनी पी २१३ (३२) को अचानक मृत्यु भएपछि लगभग ७ देखि ८ महिनाका चार डमरु अचानक हराएका थिए ।
पन्ना पार्क प्रबन्धनले डमरुहरुको खोजी गर्न बाघलाई जीपीएस सिस्टमयुक्त रेडियो कलर लगाइयो र उसको स्थानलाई ट्र्याक गरियो । त्यसपछि पार्कका अधिकारीले एक चट्टानमा बाघ आफ्ना डमरुसँग खेलिरहेको छ र उनीहरुलाई शिकारका लागि तालिम दिइरहेको छ, साथै उनीहरुको खानपिनको प्रबन्ध पनि मिलाइरहेको छ । यो दृश्य देखेर जो कोही अचम्मित भएका थिए । विशेषज्ञका अनुसार बाघको यस्तो व्यवहार चकित पारिदिने किसिमको छ । साधारणतया यस्तो देखिँदैन ।
पन्ना टाइगर रिजर्व क्षेत्रका सञ्चालक उत्तम कुमार शर्माका अनुसार बाघ पी–२४३ यी डमरुका पिता हो र रिजर्व व्यवस्थापनले यो भाले बाघको हरेक क्रियाकलाप र डमरुका लागि उसको प्रयासबारे पत्ता लगाउनका लागि सेटेलाइट कलरमार्फत् जानकारी जुटाइरहेको छ । क्षेत्रका सञ्चालकका अनुसार भाले बाघले बच्चाको जिम्मेवारी उठाएको घटना साधारणतया निकै कम देख्न पाइन्छ र यो निकै खुसीको कुरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण