तराईका भूपू मन्त्रीहरू फेरि खाने तयारीमा
सर्वाेच्च अदालतले ८ असारमा प्रधानमन्त्री ओलीका २० सहयोगीको मन्त्री पद खाइदियो तर सोही क्याबिनेटमा १३ र २० दिन मन्त्री भएकामध्ये अझै केहीले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन्् ।
शहरी विकासमन्त्री राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, सञ्चार नैनकला थापा, पर्यटन उमाशंकर अरगरिया, सामान्य प्रशासन गणेश पहाडी र खेलकुदमन्त्री एकवाल मियाँ मात्र आफ्नै घर फर्किएका छन् । त्यहाँका ५ वटा ब्लकमा १९ वटा क्वार्टर छन् ।
जसमध्ये शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक वसन्त नेम्बाङ, कानुनका लीलानाथ श्रेष्ठले तीन वटा क्वार्टर प्रयोग गरिरहेका छन् । राष्ट्रिय सभाको उपाध्यक्षलाई एउटा ब्लक दिइएको छ भने ८ असारको अदालती आदेशपछि मन्त्री पद गएकामध्ये केहीले अझै सामान सारेका छैनन् ।
अर्थमन्त्री विष्णु पौडेलले सरकारी निवास प्रयोग गरेका छैनन्, परराष्ट्रमन्त्री रघुवीर महासेठ क्वार्टरमै बसेनन् । राजकिशोर यादव गौरीघाटबाट पुल्चोकस्थित मन्त्री क्वार्टर सर्ने तयारी गर्दागर्दै मन्त्री पद गयो । अनिलकुमार झाहरूचाहिँ अझै क्वार्टरमा छन् । केही मन्त्रीले क्वार्टर छाडे पनि सामग्री नसारेको र क्वार्टरमा फर्कने आसमा रहेको त्यहाँका एक कर्मचारीले जनआस्थालाई बताए । यो समाचार जनआस्था साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण