बजारमा तयारी लत्ताकपडाको अभाव
काठमाडौं । पछिल्लो समय बजारमा तयारी लत्ताकपडाको अभाव देखिन थालेको छ । कोरोना महामारीका कारण व्यापारीहरू कपडा खरिदका लागि चीन जान नपाएपछि बजारमा यसको अभाव शुरू भएको हो । २०६७ को चैतपछि नेपाली व्यापारी व्यापारिक प्रयोजनमा चीन जान पाएका छैनन् ।
गर्मी मौसमका लागि आवश्यक पर्ने तयारी कपडाहरू हाफपाइन्ट, टिसर्ट, ट्राउजर लगायतको स्टक सकिन थालेको व्यापारीहरूले बताएका छन् । ‘पहिलो बजारमा लुगा नै कम छन्, त्यसमाथि उपभोक्ताले आफूले खोजेको डिजाइन तथा फेसनको लुगा नपाउने समस्या बढेको छ,’ भृकुटीमण्डपमा तयारी कपडाको व्यापार गर्ने राजेश लामाले बताए ।
बजार खुलेर मानिसको आवतजावत बढेसँगै उपभोक्ताहरू आवश्यक लत्ताकपडाको खोजीमा बजार धाउन थालेका छन् । तर आफूले खोजेको लत्ताकपडा नपाउँदा उनीहरू खाली हात फर्किनु परेको उनले बताए ।
चीन सरकारले नेपालमा कोरोनाको महामारी बढेकाले चीन प्रवेश गर्न व्यापारीलाई भिसा नदिँदा समस्या आएको लामो समयदेखि चीनबाट सामान आयात गर्दै आएका राष्ट्रिय व्यापार संघ न्युरोडका कोषाध्यक्ष रामचन्द्र पराजुलीले बताए । उनका अनुसार एक वर्षभन्दा बढी समयदेखि नेपाली व्यापारी सामान खरिदका लागि चीन जान पाएका छैनन् ।
शुरूशुरूमा चीन जान नपाए पनि व्यापारीले अनलाइनबाटै लत्ताकपडाको डिजाइन छनोट गरी अर्डर गर्दै आएका थिए । तर, यसरी अर्डर गर्दा कहिले नक्कली सामान पर्ने त कहिले एउटा सामान मगाएको ठाउँमा अर्कै आउने समस्या बढेकाले व्यापारीले अहिले अनलाइन अर्डर गर्न बन्द गरेको उनले सुनाए ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण