गण्डकी प्रदेशसभाको बैठक असार २७ गतेदेखि सुरु हुने
गण्डकी प्रदेशसभाको बैठक असार २७ गतेदेखि सुरु हुने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएलगत्तै अनिश्चित कालसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक आगामी असार २७ गतेलाई बोलाइएको हो ।
असार १ गते आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिएका थिए । त्यसपछि बजेटको रातो किताब तयार नभएको भन्दै सदन स्थगित गरिएको थियो । जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका कारण रातो किताबमा उल्लेख नगरी बजेट संसदमा पेश गरिएको थियो ।
हतारमा बजेट ल्याउँदा रातो किताबमा समावेस नगरेको भन्दै प्रतिपक्ष एमालेले विरोध गर्दै आएको थियो । मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिएपछि बजेटको रातो किताब तयार भैसकेकोले असार २७ गते ११ बजेबाट बजेटमाथि छलफल गर्ने गरी सदनको बैठक बोलाइएको हो । प्रदेशसभा सदस्यहरुलाई असार २७ गते सदन बस्ने भएकाले उपस्थित हुनका लागि संसद सचिवालयले सूचित गरेको छ । यसअघि असार २६ गते कार्यव्यवस्थाको बैठक आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण