गण्डकी प्रदेशसभाको बैठक असार २७ गतेदेखि सुरु हुने
गण्डकी प्रदेशसभाको बैठक असार २७ गतेदेखि सुरु हुने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएलगत्तै अनिश्चित कालसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक आगामी असार २७ गतेलाई बोलाइएको हो ।
असार १ गते आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिएका थिए । त्यसपछि बजेटको रातो किताब तयार नभएको भन्दै सदन स्थगित गरिएको थियो । जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका कारण रातो किताबमा उल्लेख नगरी बजेट संसदमा पेश गरिएको थियो ।
हतारमा बजेट ल्याउँदा रातो किताबमा समावेस नगरेको भन्दै प्रतिपक्ष एमालेले विरोध गर्दै आएको थियो । मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिएपछि बजेटको रातो किताब तयार भैसकेकोले असार २७ गते ११ बजेबाट बजेटमाथि छलफल गर्ने गरी सदनको बैठक बोलाइएको हो । प्रदेशसभा सदस्यहरुलाई असार २७ गते सदन बस्ने भएकाले उपस्थित हुनका लागि संसद सचिवालयले सूचित गरेको छ । यसअघि असार २६ गते कार्यव्यवस्थाको बैठक आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसद्मा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?