बंगलादेशमा भेटियो यति सानो गाई, एकाएक बन्यो सेलिब्रेटी
बंगलादेशमा नयाँ सेलिब्रेटी गाईलाई हेर्न आजकल दैनिक मानिसहरुको भीड लाग्छ । रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ ।
बंगलादेशमा लकडाउन हनुका बाबजुद चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न १५ सय व्यक्ति पुगिसकेका छन् ।
यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा निवेदन दिइसकेका छन् । ‘मैले यति सानो गाई कहिल्यै देखेको थिइँन,’ गाई हेर्न आएकी रिना बेगमले भनिन् ।
हसनका अनुसार यो गाईलाई हिंड्न समस्या हुन्छ र शिखोर अग्रो फार्मका अन्य गाईहरुसँग यो तर्सन्छ, त्यसैले यसलाई बथानभन्दा टाढै राख्ने गरिएको छ । ‘उसले धेरै कम खान्छे,’ हसनले भने,‘उसलाई बाहिर घुम्न मनपर्छ र जब हामीले
उसलाई आफ्नो पाखुरामा लिन्छौं । तब निकै खुसी हुन्छे ।’
अहिलेसम्म विश्वकै सानो गाईको कीर्तिमान मनिकयामका नाममा छ । भारतको यो गाई खुरदेखि नाप्दा ६१ दशमलव १ सेन्टिमिटर अग्लो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण