आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राजश्व छलेको आरोपमा १५ भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

शुक्रबार, २५ असार २०७८, २२ : ५६
शुक्रबार, २५ असार २०७८

भारतबाट फलफूल लिएर आएका १५ वटा भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालमा राजश्व छलेर नियम विपरित सञ्चालन गरेको आरोपमा १५ वटा ट्रकलाई नियन्त्रणमा लिइएको हो । पूर्व पश्चिम राजमार्गमा पर्ने बुटवलको जितगढीबाट भारतीय नम्बर प्लेटका गाडी र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ट्रक र चालकलाई  नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा बुझाएको रूपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाले रातोपाटीलाई बताए । पश्चिमबाट बुटवल हुँदै पूर्वतर्फ जाँदै गरेका फलफूल ढुवानी गर्ने ट्रक चालकबाट विल भरपाई र धर्मकाटाको रसिद नियन्त्रण लिएर आन्तरिक राजश्व कार्यालय बुटवलमा पठाएको प्रहरीले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप