राजश्व छलेको आरोपमा १५ भारतीय ट्रक प्रहरीको नियन्त्रणमा
शुक्रबार, २५ असार २०७८, २२ : ५६
भारतबाट फलफूल लिएर आएका १५ वटा भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालमा राजश्व छलेर नियम विपरित सञ्चालन गरेको आरोपमा १५ वटा ट्रकलाई नियन्त्रणमा लिइएको हो । पूर्व पश्चिम राजमार्गमा पर्ने बुटवलको जितगढीबाट भारतीय नम्बर प्लेटका गाडी र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा बुझाएको रूपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाले रातोपाटीलाई बताए । पश्चिमबाट बुटवल हुँदै पूर्वतर्फ जाँदै गरेका फलफूल ढुवानी गर्ने ट्रक चालकबाट विल भरपाई र धर्मकाटाको रसिद नियन्त्रण लिएर आन्तरिक राजश्व कार्यालय बुटवलमा पठाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण