नुहाउन दमकल दुरुपयोग गर्ने तीन मोडल पक्राउ
युक्रेनी मोडलहरुको समूह ‘बट स्क्वाड’ अनेक हर्कत गरेर चर्चामा आउँछ । अहिले उनीहरु दमकल प्रयोग गरेर खुला सडकमा छाडा ढंगले नुहाएपछि विवादमा छन् । फोटोमा उनीहरुले एकअर्कालाई पानी छ्यापिरहेको देखिन्छ ।
मोन्टेनेग्रोमा यसरी दमकलको दुरुपयोग गरेपछि तीनजनालाई प्रहरी पक्राउ गरेको थियो । १९ वर्षकी डियना ओक्सानिच, २१ वर्षकी रुस्लाना कोभकोभा र २१ वर्षकी भिक्टोरिया रोहालचुकलाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि दुबईमा अश्लिल फोटो खिचाउँदा पनि यो समूहका सदस्यहरु पक्राउ परेका थिए । उनीहरुको फोटो भाइरल भएको थियो ।
यी मोडलहरुले युरो २०२० को सुरुवातमा युक्रेनी झन्डा बोकेर फोटो खिचाउँदै टिमप्रति समर्थन दर्शाएका थिए । तर युक्रेन प्रतियोगिताबाट बाहिरिएपछि उनीहरु इङल्यान्डको पछाडि लागेका छन् । डेनमार्कविरुद्धको सेमिफाइनलअघि उनीहरुले इङल्यान्डको पक्षमा फोटो खिचाएका थिए ।
मोन्टेनेग्रोस्थित कोटोर शहरमा कार रेसको प्रवद्र्धन गर्न गएका बेला उनीहरुले पहिले अग्नि नियन्त्रकहरुलाई सडक सफा गर्न सहयोग पनि गरेका थिए । तर, त्यसपछि आफैं पानीको फोहोराले नुहाउन थाले र एकअर्कालाई पानी छ्याप्न थाले ।
४१ वर्षका अमेरिकी व्यापारी तथा मोडल भिटाली ग्रेचिन पनि घटनास्थल नजिकै थिए । सुरुमा उनलाई पनि हिरासतमा लिइयो, तर चाडैं छोडियो । यसअघि दुबईमा बाल्कोनीको अश्लिल फोटो भाइरल भएपछि यी महिलाहरुसँगै ग्रेचिन पनि पक्राउ परेका थिए ।
दुबईको घटनापछि यी व्यापारीले नै मोन्टेनेग्रोमा मोडलहरुलाई बोलाएका थिए । ‘ रेसको तयारीका लागि हामीले अग्नि नियन्त्रकहरुलाई सडक सफा गर्न सहयोग गरिरहेका थियौं,’ ग्रेचिनले भने,‘कार रेसका एक आयोजकले उनीहरुलाई प्रचारमा सहयोग गर्न आग्रह गरे ।’ यसरी रेसको प्रचार गर्ने योजना अग्निनियन्त्रकहरुलाई समेत मन परेको दाबी ग्रेचिनले गरेका छन् ।
यद्यपी यस हर्कतबापत न्यायधिस इभाना भुकासोभिकले ‘बट स्क्वाड’ का तीनजनालाई जनही ४ सय ५० युरो जरिवाना गरेकी छिन् । सार्वजनिक स्थलमा नियम तोडेको भन्दै यस्तो जरिवाना गरिएको हो । ‘उनीहरुले सार्वजनिक स्थलमा लाजमर्दो हर्कत देखाए,’ अदालतको फैसलामा उल्लेख छ । यी मोडलहरुले जहाँ गएपनि आफ्नो अश्लिल हर्कत देखाउने गरेका छन् । जसकारण, केही गल्फ राष्ट्रहरुले उनीहरुलाई पाँच वर्षको भ्रमण प्रतिबन्ध लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण