महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा
काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् ।
गृह, अर्थ, ऊर्जालगायतका मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको वर्तमान सरकारले कोरोना महामारीको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बेवास्ता गरेको छ । स्वास्थ्यमन्त्रीको अभावमा कोरोना महामारीसँग जुध्न सरकार आफंैलाई कठिन पर्छ तर पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले यसतर्फ खासै ध्यान दिन सकेको छैन ।
कोरोना महामारीले आमसर्वसाधारण आक्रान्त छन् । कोरोना संक्रमण महामारीको जोखिम यथावत् रहेको बेला सर्वोच्च अदालतको परमादेशबाट गठन भएको यो सरकारको प्राथमिकतामा स्वास्थ्य मन्त्रालय पर्न सकेको छैन ।
गत २९ असारमा प्रधानमन्त्रीमा देउवा नियुक्त भए पनि उनले स्वास्थ्य मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेनन् । कोरोना महामारीमा सबैभन्दा बढी जिम्मेवारी स्वास्थ्य मन्त्रालय र मन्त्रीको हुन्छ तर प्रधानमन्त्रीले त्यसतर्फ ध्यान दिएनन् बरु पावर सेन्टर मानिएको र अर्थको चाँजोपाजो मिलाउने भूमिकामा रहेका मन्त्रालयमा सुरुकै दिनमा मन्त्री बनाइएको छ । गृह मन्त्रालयलाई शक्ति र अर्थ मन्त्रालयलाई पैसाको चलखेल गर्ने मन्त्रालयका रूपमा लिइँदै आइएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण