पत्रपत्रिका
६ जना सांसदले छाडे ठाकुरको साथ
शनिबार, ०२ साउन २०७८, ०७ : ३८
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ।
बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित छन्।
बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र सुरु भएको छ। केपी ओली सरकारमा मन्त्री नबनायएकाले साह, अग्रहरी र मण्डल अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन्। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण