कुम्भकर्णजस्ता बेहुला : बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि उठेनन्
भारतमा विवाहका क्रममा विभिन्न कार्यक्रमहरु हुन्छन् । यसमध्ये वरमाला एक हो । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ वरमालाको स्टेजमा फोटो खिचाउँदा खिचाउँदै थकित बनेका एक बेहुला निदाएका छन् ।
वरमालाको कुर्सीमा बस्दाबस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएकाहरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भकर्ण जसरी गहिरो निद्रामा थिए । उनीसँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् ।
यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । र, मानिसहरुले बेहुलाको निद्राको कारण जान्ने कोसिस गरिरहेका छन् । भारतमा कोरोनाकालमा बिहेमा सहभागी हुनका लागि मानिसहरुलाई निश्चित कोटा तोकिएको छ । मापदण्डभन्दा धेरै संख्यामा पाहुनाहरू बोलाउन पाइदैन । त्यहीकारण मानिसहरुले अनलाईन वा युट्युबमै बिहेका भिडियोहरू हेरेर टिप्पणी गर्न थालेका छन् । र, अहिले पुराना भिडियोहरू पनि भाइरल हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण